शनिबार, बैशाख २२, २०८१

बतास फाउन्डेसनको संयोजकत्वमा अक्सिजन प्लान्ट निर्माण समिति गठन


  • आशिष लामा
  • शुक्रबार, जेष्ठ ७, २०७८
  • 839
    SHARES

जेठ ७ पोखरा,

पोखरामा अक्सिजन प्लान्ट बनाउन बतास फाउन्डेसनले अग्रसरता लिइरहेको छ ।

बतास फाउन्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माणका लागि समिति गठन गरिएको छ ।

पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उक्त अक्सिजन प्लान्ट निर्माण हुने भएको हो । समितिको संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेका छन् ।

त्यस्तै समितिको संयोजकमा बतास फाउन्डेसन तथा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास चयन भएका छन् । त्यस्तै समितिको कोषाध्यक्षमा अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायणप्रसाद पौडेल चयन भएका छन् ।

समितिका सदस्यहरूमा केसी ग्रुपका किरण केसी, सेलवेज ग्रुपका प्रवन्ध निर्देशक सुशीलमान प्रधानाङग, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, सुपरमादी हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगाना र पत्रकार दीपेन्द्र श्रेष्ठ छन् । उक्त अभियान अन्तर्गत ३ करोड ३३ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । बतास फाउण्डेसनलेका तर्फबाट २५ लाख रुपैयाँ बिउ पुँजी राखेर अभियान सुरू भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }