शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनमोर्चाका सांसद थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ९, २०७८
  • 1.3K
    SHARES

पोखरा , ९ जेठ

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । केन्द्रीय सदस्य समेत रहेका थापालाई थप कारबाहीको प्रक्रिया चलिरहेको महासचिव मनोज भट्टले जानकारी दिए ।

पार्टीको ह्वीप नमानी थापाले विपक्षी गठबन्धनलाई सहयोग नगरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेर लागेका थिए ।

गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको केही दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ । जनमोर्चाले उनलाई यसअघि नै संसदीय दलको नेताबाट हटाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)