बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दौड प्रतियोगितामा भाग लिएका चीनका २१ धावकको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ९, २०७८
  • 506
    SHARES

९ जेठ, काठमाडौं । चीनमा क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिएका २१ जना धावकको मृत्यु भएको छ ।

गान्सु प्रान्तको येलो रिभरस्टोन फरेस्टमा प्रतियोगिता भइरहेको बेला एक्कासी चिसो बढेर हुरी र वर्षा भएका कारण ती धावकको मृत्यु भएको चीनको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

खोजी तथा उद्धार टोलीले आइतबार २१ वटा शव फेला पारेको ग्लोबल टाइम्सले जनाएको छ । एक सय किलोमिटर क्रस कन्ट्री दौडमा १७२ जना धावक सहभागी भएको र १५१ जनालाई जीवित फेला पारेको पिपुल्स डेलीले जनाएको छ । केही घाइते भएकाले अस्पतालमा उपचार भइरहेको छ ।

प्रतियोगिता भइरहेको बेला केही धावक हराएपछि प्रतियोगिता स्थगित गरिएको थियो । त्यसपछि खोजीका लागि टोली परिचालन गरिएको थियो ।

चीनको येलो रिभर स्टोन फरेस्ट पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ । ५० वर्ग किलोमिटरमा फैलिएको यो क्षेत्र ढुंगाका आकर्षक स्तम्भले चर्चित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)