बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महामारीमा चुनाव :

एक सीटमा मतदान गर्दा तीन दर्जन नागरिकको मृत्यु


  • वीवीसी
  • सोमवार, जेष्ठ १०, २०७८
  • 430
    SHARES

 

भारत मध्यप्रदेशमा हालै भएको विधानसभा चुनाव कोरोना महामारी फैलाउने मुख्य कारण बनेको छ।

त्यहाँ एक विधानसभा सीटको चुनाव हुँदा कोरोना संक्रमणबाट कम्तिमा तीन दर्जन मानिसको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ।

मध्यप्रदेशको दमोह विधानसभा क्षेत्र राजनीतिक अकर्मण्यताका कारण निम्तिएको मानवीय हताहतीको खराब उदाहरण बनेको हो।

सो क्षेत्रबाट चुनिएका विधायक अजय टण्डनले शुक्रबार भोपालमा सपथ त लिएका छन्। तर भोपालबाट करिब २५० किलोमिटर पर बसिरहेका मतदाताहरूले जुन क्षति ब्यहोरे, त्यो अत्यासलाग्दो छ। यदी चुनाव हुँदैनथ्यो भने उनीहरूका आफन्त बाँच्ने थिए र पारिवारिक वियोगमा उनीहरू तड्पिनु पर्दैनथ्यो।

दमोह क्षेत्रमा भएको चुनावमा त्यहाँका स्थानीयहरूलाई ड्यूटीमा खटाइएको थियो। यसैकारण उनीहरूलाई कोरोना संक्रमण भएको र ज्यान गएको बताइएको छ।
संक्रमणपश्चात् ज्यान गुमाएकामध्ये अधिकांश शिक्षक हुन्। त्यहाँ २८ शिक्षकको कोरोना संक्रमणका कारण ज्यान गएको हो।

दमोह क्षेत्रमा अप्रिल १७ का दिन चुनाव भएको थियो। चुनाव ड्यूटीका दौरान त्यहाँ अहिलेसम्म २८ शिक्षकको ज्यान गएको र कोरोना महामारी फैलिएयता ज्यान गुमाएका शिक्षकको संख्या ५८ पुगेको मध्यप्रदेश शासकीय अध्यापक संगठनका प्रान्तीय अध्यक्ष आरिफ अञ्जुमले बताएका छन्।

कांग्रेसको टिकटबाट चुनाव लडेका राहुल लोधी भाजपामा प्रवेश गरेपछि दमोह क्षेत्रको विधायक पद रिक्त थियो। सोही सीटका लागि चुनाव भएको हो।

कोरोना महामारी फैलन नदिन लकडाउन लगाएकै बेला १७ तारिखका दिन त्यहाँ जबरजस्ती चुनाव गराइएको थियो। त्यतिखेर प्रदेशमा हजारौं संक्रमित भेटिएका थिए। तर, मत पाउन संक्रमितलाई समेत मतदान केन्द्रमा लाइन लगाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)