शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री गुरुङद्वारा बुद्ध जयन्तीको शुभकामना


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १२, २०७८
  • 707
    SHARES

गण्डकी, १२ जेठ 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाउनुभएको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । २५६५औँ बुद्ध जयन्तीका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण बुद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो ।

नेपालको राजनीतिमा देखिएको उथलपुथलका कारण जनअपेक्षा पूरा गर्न बाधाव्यवधान आइपरेको बताउँदै उहाँले यस अवसरमा बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो वर्तमान अवस्थामा झनै सान्दर्भिक हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको पवित्र भूमिमा जन्मेर विश्व मानवका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्ध नेपालका मात्र नभई विश्वकै प्रेरणाका स्रोत भएको बताउँदै मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा विश्वले मानव कल्याणको बाटो अनुसरण गर्न जुन प्रयत्न गरेको छ नेपालीका लागि वर्ग भएको उल्लेख गर्नुभएको छ ।

विश्व नै कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको वर्तमान अवस्थामा बुद्धले देखाउनु भएको मानव कल्याणको मार्ग झनै सान्दर्भिक भएकामा जोड दिँदै उहाँले मानव अस्तित्व नै सङ्कटमा पार्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट जुट्नु आजको आवश्यकता भएको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)