आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डा महतद्धारा नुवाकोटको अस्पताललाई बेड हस्तान्तरण


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १२, २०७८
  • 506
    SHARES

 

काठमाडौं ,१२ जेठ

नेपाली काँग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले नुवाकोटको खरानीटार अस्पतालका लागि आज छ थान बेड हस्तान्तरण गर्नुभएको छ ।

नुवाकोटको तादी गाउँपालिकामा पर्ने सो अस्पतालका लागि सो गाउँपालिका तथा खरानीटार अस्पतालका अध्यक्ष नारायण पाण्डेमार्फत् ती बेडहरु आज हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सहमहामन्त्री डा।महतले देश महामारीको चपेटामा परेको समयमा सरकार सत्ता केन्द्रित बनेको नमिठो यथार्थ सबैले देखे भोगेकै विषय हो भन्दै सानो मात्रामा भए पनि यी सामग्रीले स्थानीय विरामीहरुका लागि सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो ।

उहाँले महामारीले देश र जनता आक्रान्त बनेको यस अवस्थामा सरकारले जनताको जीवन बचाउनका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको कुरा सबैमा जगजाहेर रहेको भन्दै यस्तो बेलामा नेपाली काँग्रेसले देशैभरि आफ्ना संयन्त्रहरु परिचालन गरी उपचारका लागि सहजीकरण गर्ने तथा जनताको अवस्थाका बारेमा घच्घचाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।

काठमाडौंमा भएको त्यस हस्तान्तरण समारोहमा नेपाली काँग्रेसका महासमिति सदस्य बिना महत, नेपाली काँग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)