मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेले सोध्यो सुदुरपश्चिमका तीन मन्त्रीलाई स्पष्टिकरण


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १३, २०७८
  • 548
    SHARES

१३ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }