सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश

सरकार पुनर्गठन, चार मन्त्री थप


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १४, २०७८
  • 481
    SHARES

कैलाली , १४ जेठ

सुदूरपश्चिम प्रदेश सरकारमा ४ मन्त्री थप गरिएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गर्नुभएको हो ।

प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी नियुक्त हुनुभएको छ ।

त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बन्नुभएको छ ।

तारा लामा तामाङलाई मन्त्री बनाउनकै लागि आजै प्रमुख सचेतकबाट हटाइए पनि उहाँले पार्टीमा विवाद रहेको भन्दै मन्त्री पद अस्वीकार गर्नुभएको थियो ।

यस्तै नेकपा एमालेका नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएका प्रकाश शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि दिइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }