सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीद्वारा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता शाहसँग स्पष्टीकरण माग


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २१, २०७८
  • 783
    SHARES

२१ जेठ, काठमाडौं । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुभएको छ । अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।

पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारवाही प्रक्रिया थालेको बताइएको छ ।

एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्काशन नगर्ने भनी चित्तबुझ्दो जवाफ माग गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोध्नुभएको छ । त्यस्तै शाहलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }