शनिबार, बैशाख २२, २०८१

शैक्षिक सत्र ७८का लागि पाठ्यपुस्तक अभाव नहुने


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 666
    SHARES

२७ जेठ, काठमाडौं । शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ ।

शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताउनुभयो । बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै झाले पाठ्यपुस्तक छपाईको काम सम्पन्न भइसकेको जानकारी दिनुभएको हो । प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पु¥याउने उहाँले बताउनुभयो । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताउनुभयो । यद्यपी असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जुन गतिले वितरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । कोभिड–१९ को निषेधाज्ञाका कारण पुस्तक पसलहरु खुलेको छैन । पुस्तक व्यवसायीलाई प्रादेशिक कार्यालयमा आउन समस्या भएको छ । १ हप्तादेखि विक्रि वितरण भइरहेको छ । जेष्ठ मसान्तसम्म धेरै ठाउँमा पाठ्यपुस्तक पु¥याइसक्छौँ । असारको पहिलोहप्ता सम्म देशभर विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।’

यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरुमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकहरुपनि छापिरहेको बताएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }