२८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद गएको छ । आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापाको पद गएको र मुख्यमन्त्रीले विश्वासको मत नपाएको सूचना संसदमा जानकारी गराइएको छ ।
उक्त जानकारी गराएर सभामुखले आइतबार १ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको छ।