बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 1.0K
    SHARES

कैलाली ,३० जेठ

सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठकले प्रदेशको नीति तथा कार्यक्रम पारित गरेको छ ।

आइतबार बसेको बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर, ओली पक्षका प्रदेश सभा सदस्यहरू भने विपक्षमा उभिन पुगेका थिए । यस्तै  नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भने मौन रहे ।

सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेकका २४ जनामध्ये नेपाल पक्षमा १७ र ओली पक्षमा ७ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका १२ जना सांसद छन् ।

गत बिहीबार प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)