शनिबार, बैशाख २२, २०८१

एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउन विद्यालयहरूलाई निर्देशन


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 666
    SHARES

काठमाण्डौ ,३० जेठ

राष्ट्रिय परीक्षा बोर्डले  विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउन निर्देशन दिएको छ । बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि २०७८’ तयार गरी  विद्यार्थीको मूल्याङ्कन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने जनाएको हो ।

बोर्डका अध्यक्ष चद्रमणी पौडेलका अनुसार विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने छ । कोरोना सक्रमणका कारण भौृतिक रुपमा परिक्षा हुन नसकेपछि वोर्डले विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कन समितिले मूल्याङ्कन कार्यविधिले तोके अनुसार रुजु गरी प्रमाणित गरी  मूल्याङ्कनको नतिजाको मुलप्रति र बिद्युतिय प्रति असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउनु पर्नै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }