काठमाडौं ,१ असार
गण्डकी प्रदेश सरकारमा ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरिएको छ ।
मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आव २०७८/०७९ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
नयाँ बजेटमा
* सबै प्रदेशवासीलाई खोप
* स्वास्थ्य स्वयंसेविकालाई वार्षिक भत्ता
* ज्येष्ठ नागरिकको निशुल्क उपचार
* अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार राहत
* कोरोनाबाट मृत्यु भएका परिवारलाई सरकारले ५० हजार रुपैयाँ आर्थिक सहयोग
* कुल बजेट ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँ
* १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ चालुतर्फ
* पूँजीगततर्फ सरकारले १६ अर्ब, ७३ करोड ४६ लाख रुपैयाँ
* वित्तीय व्यवस्थातर्फ २४ करोड
* सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख
* विशेष अनुदानमा ५४ करोड ९० लाख
* समपुरक अनुदानमा ८७ करोड ३६ लाख
* वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड रुपैयाँ
* राजस्व बाँडफाँडबाट ७ अर्ब ६२ करोड
* रोयल्टी ३० करोड
* आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड
* आन्तरिक ऋण १ करोड
* संघसँग १ करोड ऋण
* नगद मौज्दात २ करोड रुपैयाँ
