४ असार, काठमाडौं । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
आज बसेको प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजिनामा दिन निर्देशन दिएको हो।
गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गर्नुभएको थियो
