आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस युवा नेता थापाद्वारा म्याग्देमा एक व्यक्ति एक मास्क अभियान शुरु


  • माउन्टेन खबर
  • शनिबार, असार ५, २०७८
  • 532
    SHARES

दमौली, ५ असार

नेपाली कांग्रेसका युवा नेता चाम थापाले म्याग्दे गाउँपालिकामा एक व्यक्ति एक मास्क अभियान थालेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शुरु गरेको अभियानअन्र्तगत थापाले म्याग्दे गाउँपालिकाका सातवटै वडाका तरुणहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरेका हुन् ।

म्याग्दे ४ मनहरिमा आयोजित एक कार्यक्रममा उनले सबै वडाका तरुण प्रनिनिधिलाई ती सामग्री हस्तान्तरण गरे । उनले कोभिड संकट लामो समय जान सक्ने देखिएको भन्दै जनजीवन सहज बनाउनका लागि सचेतना फैलाउन तरुण लाग्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका दिपककुमार श्रेष्ठ, नेविसंघ जिल्ला सदस्य गौरवराज रानासहित सातवटै वडाका तरुण दलका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित थिए । अभियानलाई अझ व्यापक पारिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)