११ असार, सुर्खेत । कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशनअन्तर्गत आजको बैठक पनि अवरुद्ध भएको छ । कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कार्यसूचीमा प्रवेश गर्नै नपाई संसद अवरुद्ध गरेको हो ।
यो भन्दा अगाडी पनि पटक पटक सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज बसेको थियो । तर, प्रतिपक्ष दलले प्रवेश नै गर्न नदिएर रोष्टममा उभिएपछि असार १३ गते दिउँसो २ बजेका लागि बैठक स्थगित गरिएको छ ।
एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ ।
