आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रविधि आत्मसात गर्दै उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, असार १८, २०७८
  • 619
    SHARES

पोखरा ,१८ असार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीले प्रविधिलाई आत्मसात गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

काठमाडौमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडको कास्की सेवा केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले ससानो लगानी संकलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न समृद्धिका लागि सहायकसिद्ध हुने बताएका हुन् ।

बखानसिंह गुरुङले नेपालमा सहकारी अभियान सुरु गरेको स्मरण गर्दैै उनले प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइरालाले इजरायलसँग सम्बन्ध विस्तार गरेर सहकारीलाई थप उचाइमा पु¥याएको बताए ।

सहकारीलाई थप व्यवस्थित बनाउन गण्डकी सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलले भनाइ राखे । उनले गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा युवा लक्षित कार्यक्रमलाई विशेष महत्व दिएको पनि उल्लेख गरे । उनले,‘सीप, दक्षता र रोजगारीः युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी कार्यक्रम सञ्चालन बजेटको व्यवस्था गरिएको छ ।’

सामूहिक रुपमा उद्यम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार र युवा उद्यमीहरू बीच लगानी साझेदारीमा ‘उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा’ कार्यक्रम सञ्चालन गरिने समेत उनले बताए ।

हब कोअपरेटिभको यो पहिलो शाखा हो ।हब कोअपरेटिभले सहकारीहरुमा राष्ट्रिय एवम अन्तराष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछर्यौट सेवा, क्लियरिङ, मोबाईल बैंकिङ, बैंक एवं सहकारीबिच रकमान्तरण र बिलहरु भुक्तानीका सेवाहरु उपलब्ध गराइरहेको छ ।

संस्थाले नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा रकम पठाउन वा प्राप्त गर्न सक्ने संस्थागत व्यवस्था मिलाईएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए । ‘यस संस्थाले नेपाल भर सातवटै प्रदेशका १५ वटा जिल्लाहरुमा आफ्नो सेवा विस्तारका लागि नेपाल सरकारबाट अनुमति लिइसकेको र संस्थाले आगामी ३ वर्ष भित्र सहकारीमार्फत् २० लाख व्यक्तिहरुमा विद्युतीय कारोबार सेवाको पहुँच पु¥याउने लक्ष लिएको छ,’ पौडेलले भने ।

सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्थाहरु आबद्ध भई ५ करोड निक्षेप संकलन भएको पौडेलले जानकारी दिए ।कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोइराला, नेफ्सकुन सञ्चालक कमला गिरी, संविधान सभा सदस्य प्रकाश पौडेल लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।

संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको अध्यक्षतामामा सम्पन्न कार्यक्रममा सचिव राजेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष सहकारी अभियन्ता रविरमण तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)