आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माथिल्लो साञ्जेन विद्युत् आयोजनाबाट २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य


  • माउन्टेन खबर
  • शनिबार, असार १९, २०७८
  • 717
    SHARES

रसुवा, १९ असार

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ ।

रसुवाको सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने उपकरण जडान शुरुआत हुन लागेको हो । अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए । उनले भने “विसं २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान शुरुआत हुन्छ । ”

उपकरण जडानका लागि चिनियाँ प्राबिधिक टोली आउन लागेका जनाइएको छ । हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरु आउन ढिलाई भएको आयोजनाले जनाएको छ ।

१४.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायःजसो संरचना  निर्माण पूरा भएको छ ।  तिलोचे खोलामा १४ मिटर लामो बाँध ,एक हजार तीन सय ८० मिटर लामो हेडरेस सुरूङ , तीन सय ४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिए ।

प्रतिसेकेण्ड ११ दशमलव सात धनमिटर पानी विद्युत गृहमा पठाइने र तीन  फ्रान्सिस नामको टरवाइन राखिने बताइएको छ । दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण शुरूआत भएको थियो ।

बाढी पहिरो ,  पेट्रोलियम पर्दाथको अभाव , भूकम्प र कोरोना सङ्क्रमणको जोखिम जस्ता बिबिध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ । आयोजनाको लागत भने २ अर्ब २ करोड रुपैयाँ रहेता पनि पुनराबलोकन गर्दा २० प्रतिशत  बढ्ने आयोजना प्रमुख महतले बताए । यस्तै ४२ मेगावाटको तल्लो सान्जेन आयोजना पनि निर्माण भइरहेको छ । दुबै आयोजनाको जडित क्षमता ५७ मेगावाट छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)