आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र(एनओसी) खुला


  • माउन्टेन खबर
  • सोमवार, असार २१, २०७८
  • 557
    SHARES

काठमाडौं , २१ असार

निषेधाज्ञा खुकुलो भएसँगै सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र(एनओसी) खुला गरेको छ ।

शिक्षा मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलद्धारा जारी सूचनामा तत्कालका लागि जापान,अस्ट्रेलिया,दक्षिण कोरिया,बंगलादेश र चीनमा अध्ययन गर्न जाने विद्यार्थीका लागि एनओसी दिन खुला गरिएको हो ।

असार ७ गतेको मन्त्रिपरिषदको निर्णय बुदा नं ३(क) अनुसार जनस्वास्थ्यका मापदण्डको पूर्णपालना हुने गरी वायुसेवा र सम्वन्धित देशका वायुसेवाहरुबाट देहायबमोजिमको नियमित दुईतर्फि अन्तर्राष्ट्रिय उडान गर्न पर्यटन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएसँगै एनओसी खुला गर्ने निर्णय २० गतेको सचिवस्तरीय बैंैठकले गरेको जनाएको छ ।

यो निर्णयबाट लामो समयदेखि अध्ययनका लागि विदेश जानबाट रोकिएका विद्यार्थीहरुका लागि बाटो खुलेको छ ।

तर,केही मुलुकहरुले नेपाललाई कोभिडका कारण उडान प्रतिबन्ध लगाएको हुँदा सहज रुपमा यात्रा गर्न भने मुस्किल पर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }