आइतवार, बैशाख २३, २०८१

पहिलो टी-ट्‍वान्टी क्रिकेटमा साउथ अफ्रिकाको ३३ रनको जीत


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०७८
  • 557
    SHARES

साउथ अफ्रिकाले आयरल्याण्डसँगको पहिलो टी-ट्‍वान्टी क्रिकेटमा ३३ रनको जीत दर्ता गरेको छ ।

आयरल्याण्डको द भिलेज स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली साउथ अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

१६६ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको आयरल्याण्ड २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रनमा समेटिन पुगेपछि साउथ अफ्रिकाले ३३ रनको फराकिलो जीत निकालेको हो ।

आयरल्याण्डलाई सस्तैमा समेट्न साउथ अफ्रिकाका बलर ट्याबरेज साम्सीले आफ्नो व्यक्तिगत चार ओभरमा २७ रन खर्चंदै चार विकेट लिन सफल भएका थिए ।

गएराती सम्पन्न सो खेलमा म्यान अफ द म्याच समेत घोषित भएका थिए । तीनवटा टी-ट्‍वान्टी खेलको श्रृंखलामा यो जीतसँगै साउथ अफ्रिकाले १-० ले अग्रता लिएको छ । दोस्रो टी-ट्‍वान्टी खेल भने अब जुलाई २२ तारिखमा खेलिंदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }