मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश

बहुमतको सरकार निर्माणका लागि पहल गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०७८
  • 486
    SHARES

बुटवल ,१६ साउन

लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरुले बहुमतको सरकार निर्माणका लागि पहल गर्न समेत प्रदेश प्रमुखसँग आग्रह गर्नुभएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले संयुक्त रुपमा आज प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षणपत्र बुझाउनु भएको हो ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “वर्तमान सरकारलाई विघटन गरी १६८९२० बमोजिम बहुमतको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आवश्यक पहलका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट प्रदेश प्रमुखसमक्ष विनम्र अनुरोध गर्दछौँ ।” संविधानको गरिमा र प्रदेश प्रमुखलाई कमजोर पार्ने एवं असंवैधानिक प्रणालीमा लाग्ने सरकारको गलत नियतलाई सच्चाउन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }