आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश प्रमुखको पदबहाली


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०७८
  • 827
    SHARES

पोखरा, १८ साउन

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गर्नुभएको छ ।

सोमबार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमका बीच प्रदेश प्रमुख गुरुङले पदबहाली गर्नुभएको हो । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा रहनु भएकी सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको थियो । गण्डकीका प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ चितवनका पुराना कांग्रेस नेता हुनुहुन्छ । लामो समय देखि कांग्रेसको राजनीति गरेका गुरुङ पहिलो पटक लाभको पदमा पुग्नुभएको हो । पदबहाली पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रदेश प्रमुख गुरुङले संघीय लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताउनु भयो । संघीय सरकारले संविधान अनुसार गण्डकी प्रदेशको अभिभावकीय जिम्मेवारी दिएर पठाएकोले आफ्नो कार्यकाल भरी लोकतान्त्रीक गणतन्त्रको पक्षमा काम गर्ने पनि प्रदेश प्रमुख गुरुङले बताउनुभयो ।

 

यस अधि नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहन्थ्यो । अघिल्लो सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता पौडेललाई नियुक्त गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते मन्त्रिपरिषद्को सिफारिसमा गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गर्नुभएको थियो । यस्तै सीता पौडेललाई नियुक्त गर्दा हटाइएका अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुखमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)