आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यक :मुख्यमन्त्री नेपाली


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०७८
  • 622
    SHARES

गण्डकी, १८ साउन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले लगानीमैत्री वातावरणका लागि नीतिगत, कानूनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव चाहिएको र क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर रहेको बताउँदै उहाँले युवालाई उद्योग व्यवसायतर्फ आकर्षित गने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको बताउँदै उहाँले प्रविधिकै कारण लागत मूल्य कम पर्ने र उपभोक्तासम्मले अनुकूल मूल्यमा सामान प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो ।

राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरू अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि सङ्घ सरकारसँग सहयोग मागिरहेको बताउनुभयो । पोखरामै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको अवस्थामा यसबाट अधिकतम लाभ लिन आजैदेखि तयारी थाल्नुपर्नेमा मुख्यमन्त्रीको जोड छ ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले प्रतिकूल समयबीच व्यवसायी रहेको र उहाँहरूको वाध्यता आफूले बुझेको बताउनुभयो । अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर काम गरिने बताउनुभयो ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले व्यवासायीलाई खोप प्रदान गर्न लागि परेको बताउनुभयो । कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले सरकार आफँैले व्यापार–व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य बाबुराम गिरी, कार्यक्रम संयोजक एवम् पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनाले मारमा परेका व्यवसायीलाई उकास्ने गरी सरकारले पहल थाल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)