शुक्रबार, बैशाख २८, २०८१

रसुवा नाकाबाट एकैदिन १० कन्टेनर स्याउ नेपाल भित्रियो


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 278
    SHARES

२५ साउन, रसुवा । रसुवागढी नाकाबाट आइतबार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ ।

चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतबार स्याउ मात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारीसाधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ ।

आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने–गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर ५० देखि ६० लाख रुपैयाँसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट प्रतिकन्टेनर एक लाख रुपैयाँ मात्र असुली हुन्छ । रसुवागढी नाकाबाट स्याउ आयातको परिमाण बढ्न थालेपछि व्यापारिक केन्द्रबाट सर्वसुलभ मूल्यमा खरिद गर्न सहज हुने उपभोक्ताले अपेक्षा राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }