मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ पार्टी क्रियाशिल गराउने आन्तरिक तयारीमा नेपाल समूह


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 401
    SHARES

काठमाडौ ,२८ साउन

केही दिन यता पर्ख र हेरको रणनीतिमा रहेको नेकपा एमालेको माधब नेपाल समूहले आगामी साता नयाँ पार्टी क्रियाशिल गराउन आन्तरिक तयारी गरेको छ ।

एमालेमा बस्ने सम्भाबना सकिएको भन्दै नेपाल समूहले कानूनी रुपमा नै नयाँदल क्रियाशिल गराउने  निर्णयमा पुगेको सो समूहमा एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार सम्भबत २८ गते वा त्यसपछिको  प्रतिनिधिसभाको बैठक अन्त्य गरी केही दिन भित्र  राजनीतिक दल सम्बन्धि अध्यादेश जारी  गर्ने तयारी भै रहेको छ ।

यस बारेमा बुधबार बिहान नेता नेपाल र गृहमन्त्री बालकृष्ण खाँडबीच नेता नेपालको निबासका छलफल समेत भएको थियो । नेपाल निकट ती नेताका अनुसार दल बिभाजन गर्नका लागि अबरोध बन्दै आएको प्राबधान संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत हुनु पर्ने प्राबधान लाई शंसोधन गरी  अध्यादेश जारी गर्ने सहमति सहित तयारी भै सकेको छ ।  संसदीयदलका ४० प्रतिशत नपुग्ने अबस्था रहेका कारण केन्द्रीय समितिमा ४० प्रतिसत पुर्याउने प्रयास भै रहेको भन्दै ती नेताले भन्नुभयो केन्द्रीय समितिमा बामदेब गौतमले ४० प्रतिसत पुर्योउने बचन दिनुभएको छ सायद पुग्छ होला ।

उहाँका अनुसार दोश्रोतहका भनिएका नेताहरु नकुर्ने निर्णय सहित नेता नेपाल धेरै नै अघि बढ्नु भएको छ अब एकताको च्याप्टर सकियो ।  नयाँदल क्रियाशिल भए पछि ६ मन्त्री सहित सरकारमा सहभागी हुने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }