शुक्रबार, बैशाख २८, २०८१

३१ प्रतिशतले बढ्यो नेपाल बैंकको मुनाफा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 447
    SHARES

२९ साउन, काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ भन्दा बढी मूनाफा आर्जन गरेको छ । बैंकले ३ अर्ब ६ करोड ४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३१ दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो आर्थि वर्ष यो बैंकले २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँमात्रै खुद मूनाफा आर्ज गरेको थियो ।

एक वर्षको अवधिमा बैंकको सेयर पुँजी १२ प्रतिशतले वृद्धि भएको छ भने रिजर्भ एण्ड सरप्लस ९.९९ प्रतिशतले वृद्धि भएको छ । बैंकको कर्जा ३०.२३ प्रतिशतले वृद्धि भएको भने सर्वसाधारणबाट संकलन हुने निक्षेप १४ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंकको निस्कृय कर्जामा केही सुधार भएको छ भने प्रतिसेयर आम्दानी इपीएस २०.६८ रुपैयाबाट बडेर २४.२६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }