शनिबार, बैशाख २२, २०८१

बाह्रखरी कथा प्रतियोगिता–२०७८ हुने


  • माउन्टेन खबर
  • आइतवार, साउन ३१, २०७८
  • 754
    SHARES

३१ साउन, काठमाडौं । नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठुलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ ।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा गरिएको हो । बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारहरुलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले कथाकारहरुलाई कथा लेख्ने उत्साह र प्रेरणा दिने उद्देश्यसाथ कथा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले उत्कृष्ट कथाहरुलाई पुरस्कृत गर्नुका अलावा कथाहरु समेटेर किताब निकाल्नेपनि बताउनुभयो । कथा प्रतियोगिताको नतिजा २०७८ मंसिर ३ गते विशेष कार्यक्रमबिच सार्वजनिक गरिने जाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार राशि घोषणा गरिएको छ । उत्कृष्ट तीनसहित अन्य उत्कृष्ट २५ जनाभित्र पर्ने अन्य २२ जना कथाकारलाई पनि जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिने बाह्रखरी मिडियाका कार्यकारी सम्पादक अधिकारीले बताउनुभयो ।

कथा कम्तीमा १५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने जनाइएको छ । कथा [email protected] / [email protected]मा पठाउन बाह्रखरी बुक्सले आग्रह गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }