१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराईलाई मनोनीत गर्ने तयारी गरेको छ।
समानुपातिक कोटमा सांसद बन्नुभएको कल्पना पाण्डे पदमुक्त भएसँगै जसपाले समानुपातिक उम्मेदवारको बन्द सूचीमा रहेकी निर्मलालाई सांसद बनाउने तयारी गरेको हो।
समानुपातिक उम्मेदवारको बन्दी सूचीमा रहेकी निर्मलालाई कल्पनाको स्थानमा सांसद बनाउने तयारी भइरहेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।
अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारिकता पाएपछि बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहनुभएको पाण्डेसहित विजय यादव र सन्तोष पाण्डेयलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो।
