२ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको दोश्रो बैठक पनि अवरुद्ध पारेको छ। नेकपाबाट निर्वाचित भएका सांसद अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान एमालेले आज पनि बैठक अवरुद्ध गरेको हो ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
