आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले विभाजन पछि कति सुरक्षित छिन् मुख्यमन्त्रीको रूपमा अष्टलक्ष्मी ?


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ३, २०७८
  • 1.2K
    SHARES

काठमाडौँ ,३ भदौ

बागमती प्रदेशमा बुधवार मात्रै नयाँ मुख्यमन्त्री रूपमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनी नेकपा एमालेको तर्फबाट बागमती प्रदेशमा मुख्यमन्त्रीका रूपमा आएसँगै सो प्रदेशमा उनी नेतृत्वको सरकारको आयुका विषयमा समेत चर्चा हुन थालिसकेको छ ।

बागमती प्रदेशमा कुल ११० प्रदेश सभा सदस्य सिट मध्ये एक सिट रिक्त छ । एमालेका तर्फबाट दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट रिक्त रहँदा सो प्रदेशमा १०९ जना सदस्य छन् ।

बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । तर माधव नेपाल समूह एमालेबाट अलग भएको अवस्थामा सो सङ्ख्या कायम नरहन सक्छ । नेपालका पक्षमा कति जना प्रदेश सभा सदस्य खुल्छन् भन्ने अहिले नै टुङ्गो छैन । राजेन्द्र पाण्डे र मुनु सिग्देल भने खुलिसकेका छन् । बागमतीमा हाल एमाले भन्दा बाहरिकै ५३ जना सांसद छन् ।

सो प्रदेशको प्रदेश सभामा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र १ स्वतन्त्र गरी कुल १०९ जना सांसद छन् ।

यस्तो अवस्थामा नेपाल समूहमा खुल्ने बागमती प्रदेश सभाका सदस्यकै आधारमा नवनियुक्त मुख्यमन्त्री शाक्यको पद सुरक्षित हुन्छ वा हुन्न भन्न सकिन्छ ।

यस्तै अन्य दल विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र १ स्वतन्त्र कता खुल्छन् त्यसले समेत नयाँ मुख्यमन्त्रीको भविष्य निर्धारण गर्ने पक्का छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)