शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शिक्षण संस्था खोल्न क्षेत्र वर्गीकरण गर्ने तयारी


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 538
    SHARES

काठमाडौं, १० भदौ

कोरोना महामारीका कारण लगाइएको लकडाउनले बन्द रहेको शिक्षण संस्था खोल्न सरकारले क्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षेत्र वर्गीकरण कार्ययोजना तयार गर्न शुरू गरेको छ ।

गएको माघदेखि बन्द शिक्षण संस्थाको क्षेत्र वर्गीकरणको आधारमा खोल्ने र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिने गरी कार्ययोजना तयार भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले यो विषयमा सामान्य छलफल भइरहेको जिकिर गर्दै सबै अधिकार स्थानीय तहलाई गइसकेको अवस्थामा मन्त्रालयले सामान्य कार्ययोजना तयारी गरिरहेको बताउनुभयो । तर, मन्त्रालयले आफ्नो मातहतका निकायसँग छलफल शुरु गरेको छ । मन्त्रालयले तयार गरेको कार्ययोजना सीसीएमसीमा पठाउने र त्यहाँबाट पारित भएर सरकारले स्वीकृत गरेपछि लागू गर्ने तयारी गरेको छ ।

सरकारले स्मार्ट लकडाउनको अवधारणा शुरु गर्ने तयारी गरेसँगै शिक्षा मन्त्रालयले कार्ययोजना तयार गर्न लागेको हो । मन्त्रालयका अधिकारीका अनुसार शिक्षण संस्थालाई रेड, एल्लो र ग्रिन जोनमा वर्गीकरण गर्ने तयारी भइरहेको छ ।

जिल्लाको अवस्था हेरेर विद्यालयलाई तत्काल सञ्चालन गर्न मिल्ने गरी ग्रिन, एक तिहाइ मात्र खोल्न सक्ने गरी एल्लो र पूर्णरूपमा बन्द गर्ने अर्थात् पूर्ण लकडाउन गर्ने गरी रेड जोनको अवधारणा अघि बढाएको छ ।

मन्त्रालयले हिजो बुधबारबाट अवधारणापत्र तयार गरिरहेको छ । कोभिड संक्रमण कम भएका जिल्लाका स्थानीय तहले धमाधम विद्यालय खोल्न थालेका छन् । केही स्थानीय तहले विद्यालय खोलेको केही दिनमै बन्द गरेका थिए । यसरी कतै बन्द गर्ने त कतै खोल्ने होड चलेपछि मन्त्रालयले कार्ययोजना नै बनाएर क्षेत्र तोकेर विद्यालय खोल्ने र बन्द गर्ने गरी व्यवस्था गर्न लागेको हो ।

अनलाइन कक्षा प्रभावकारी हुन नसकेको भन्दै केही स्थानीय तहले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न थालेका थिए । मनपरी रूपमा विद्यालय खोल्न थालेपछि सीसीएमसीले क्षेत्र वर्गीकरण गरी विद्यालय खोल्न मिल्ने वा नमिल्ने विषयमा कार्ययोजना तयार गर्न मन्त्रालयलाई पत्र पठाएको हो ।

सरकारले कोभिडका कारण सबै क्षेत्र नराम्ररी प्रभावित भएपछि सबै क्षेत्रलाई व्यवस्थित रूपमा खोल्न र बन्द गर्न निर्देशन दिन मिल्ने गरी स्मार्ट लकडाउन अवधारणा अघि बढाएको हो । सीसीएमसीले कोभिडले असर पारेका सबै क्षेत्रलाई चलायमान बनाउन क्षेत्रगत मन्त्रालयलाई स्मार्ट लकडाउन अवधारणा तयार गर्न निर्देशन दिएको थियो ।

क्षेत्र वर्गीकरण गरी शिक्षण संस्था सञ्चालन गर्न दिने सरकारको तयारीलाई स्वागत गर्नुपर्ने बताउँदै अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले धेरै महिना शिक्षण संस्था बन्द हँुदा पठनपाठनमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मन्त्रालयले जारी गरहेको सिकाइ सहजीकरण निर्देशिकाअनुसार वैकल्पिक माध्यमबाट पठनपाठन जारी भए पनि समस्या देखिएको छ ।’

उहाँले क्षेत्रगतरूपमा खोल्ने र बन्द गर्ने गरी कार्ययोजना तयारी गर्दा विद्यालयको पठनपाठन थप व्यवस्थित हुनेछ । खास गरी, अनलाइन कक्षा सञ्चालन गर्दा सरकारी विद्यालयको स्तर खस्कँदै गएको छ । कतिपय विद्यालयमा त अनलाइन कक्षा शुरु नै नभएको गुनासो आउन थालेको छ । यस्ता गुनासो मेटाउन क्षेत्र वर्गीकरण गरी विद्यालय खोल्ने तयारी मन्त्रालयको छ ।

लिट्टल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले कोभिड संक्रमण बढ्दै जाँदा तत्काल विद्यालय खोल्न सक्ने अवस्था नभएको बताउनुभयो । अक्टोबर महिनामा भारतमा कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको छ । अहिले अमेरिकामा स्कुले बालबालिका संक्रमण हुने क्रम बढ्दो छ । नेपालमा दशैंमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने आँकलन गरिएको छ । यस्तो अवस्थामा दशैंअघि विद्यालय खोल्न नहुने उहाँको भनाइ छ ।यो समाचार नेपाल समाचारपत्रबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }