बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ग्लोबल टीन हीरो’ का अन्तिम २० प्रतियोगीसँग दूतावासको अन्तरक्रिया


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 215
    SHARES

काठमाडौं, १० भदौ

भारतीय राजदूतावास र एम÷एस ग्लोबल प्राइभेट लिमिटेडले दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोबल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रियाको आयोजना ग¥यो ।

नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० वर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरुले उत्सुकता एवम् चासोका साथ नियोग उप–प्रमुख खम्पासँग अन्तरक्रिया गरे । २० सहभागीहरुमा सामाजिक उद्यमी, अभियन्ता, शिक्षक लगायत नवीन सोच भएका व्यक्तिहरु थिए ।

प्रतियोगीहरुले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामहरुको अनुभव एक आपसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयमका लागि साँचेका भविष्यका आकांक्षाहरु बारे बताएका थिए ।

आ–आफ्ना समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ्नै तवरबाट योगदान पु¥याएका छन् र सानै उमेरमा उनीहरुले देखाएको साहस, उनीहरुले पु¥याएको योगदान र हासिल गरेका उपलब्धिहरुलाई कदर गर्न हेतु उनीहरुलाई प्रतिष्पर्धी (Glocal 20under20 नाम दिइएको) को रुपमा छनौट गरिएको हो ।

अन्तरक्रियामा बोल्दै नियोग उप–प्रमुख खम्पाले पहलकदमी थालनीको महत्वबारे चर्चा गर्दै प्रत्येक प्रतियोगीहरुले परिवर्तनको सम्वाहक बन्न देखाएको जोश र उत्साहको सराहना गर्नुभयो । ती प्रतियोगीहरु नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएकोे बताउँदै खम्पाले उनीहरुलाई समुदाय, समाज र देशको रुपान्तरणतर्फ काम गर्न प्रेरित गर्नुभयो । साथै वहाँले प्रतियोगीहरुलाई क्षेत्रीय सम्बन्ध विस्तारलाई जोड दिदै नेपालको मात्र नभई सिंगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिप्रेरित गर्नुभयो ।

कार्यक्रमको अन्तमा प्रश्न/उत्तर सत्रमा उपस्थित सहभागीहरुले कूटनीति, छिमेकी मुलुकमा देखिएका समस्या र चुनौतीमा भारतले देखाएको अग्रसरता, पेशा छनौट र सीप ज्ञान हासिल गर्नुको महत्वसँग सम्बन्धित विषयमा विविध प्रश्न, जिज्ञासा राख्नुका साथै उनीहरुले उठाएका प्रश्न, जिज्ञासाको उत्तर दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }