बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १का १० एमाले सांसदले रोजे एकीकृत समाजवादीमा


  • माउन्टेन खबर
  • बुधबार, भदौ १६, २०७८
  • 457
    SHARES

१६ भदौ, काठमाडौं । नेकपा एमाले छोडेर प्रदेश १का १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी) मा पुगेका छन् । उनीहरु सनाखत गर्न विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुग्दै छन्। १० जनामध्ये ८ जना निर्वाचन आयोग पुगिुकेको छन् भने २ जना (उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई) बाटोमा आउँदै गरेको बताइएको छ।

राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, पदमकुमारी गुरुङ र सुनिताकुमारी चौधरी विराटनगरस्थित निर्वाचन आयोग पुगिसकेका छन् ।

यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन्। ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)