आइतवार, बैशाख ३०, २०८१

कांग्रेस महाधिबेशन

पून कार्यतालिका संशोधन गर्ने तयारी


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 176
    SHARES

काठमाडौं,२० असोज

महाधिवेशनको कार्यतालिका पटक पटक संशोधन गरेर पनि कार्यतालिकालाई पछ्याउन नसकेको कांग्रेसले फेरी कार्यतालिका संशोधन गर्ने तयारी गरेको छ।

कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन नै गर्न नसकेपछि त्यसपछिका तहका अधिवेशन पनि ती जिल्लाहरूमा हुन सकेको छैन।

पछिल्लो पटक निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ/नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौंमा हुने उल्लेख छ ।

तर कांग्रेसले क्रियाशील सदस्यता टुङ्गाउन नसकेपछि वडा अधिवेशन नै अहिलेसम्म ६४ जिल्लामा मात्रै सम्पन्न गरेको छ । अझै १३ जिल्लामा वडा अधिवेशन नै बाँकी छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पूर्व निर्धारित कार्यतालिकालाई संशोधन गर्ने गरी पार्टी नेतृत्वलाई जानकारी गराइएको जानकारी दिए ।

‘पूर्व निर्धारित कार्यतालिका धेरै पर परिसकेको छ, १३ जिल्लामा अब दशैंअघि वडा अधिवेशन गर्न सम्भव छैन, यसले सबै अधिवेशनलाई प्रभावित गरेको छ, अब फेरी कार्यतालिका संशोधन गर्नै पर्छ, अब प्रदेश अधिवेशनसम्मको मिति हेरफेर गर्नु पर्ने भइसकेको छ,’ निर्वाचन समितिका संयोजक यादवले माउण्टेन खवरसंग भने ।

उनले केन्द्रीय महाधिवेशनका लागि तय मितिलाई भने सकभर नचलाउने निर्वाचन समितिको तयारी रहेको बताए । तर सदस्यता सार्वजनिक हुन अझै ढिलाइ भए त्यसलाईसमेत असर गर्न सक्ने उनको भनाइ छ ।

कांग्रेसले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा दशैंपछि मात्रै अधिवेशन गर्ने भनिए पनि अधिवेशनको मिति भने अनिश्चित छ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ । कांग्रेसले अझै रसुवा, सप्तरी, रौतहट र बारा गरी चार जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छैन ।

कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गाउँ/नगर अधिवेशन गरिरहेको छ भने केही जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनसमेत जारी छ । यस्तै केही जिल्लामा जिल्ला अधिवेशनसमेत शुरु भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }