बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेको अवरोधकाबीच लुम्बिनी प्रदेशसभाबाट दुईवटा विधेयक पारित


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 371
    SHARES

२० असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकैबीच लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै अवरोध गर्न खोजेपनि सभामुख पूर्णबहादुर घर्तीले बैठक अगाडी बढाउनु भएको थियो।

प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६ संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित गरेको छ ।

एमाले सांसदको नाराबाजीकै बीच सभामुख घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)