सोमवार, बैशाख २४, २०८१

सञ्चार मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई दिने तयारी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 182
    SHARES

काठमाडौँ ,२२ असोज

प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई दिने भएका छन् । बिहिबार सत्ता गठबन्धन दलबिच भएको सहमती अनुसार कांग्रेसले लिएकामध्ये सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी कार्कीलाई दिने भएका हुन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

 

प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन् । अरुभन्दा महत्वपूर्ण मन्त्रालय भएकाले प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफैँसंग रोखेको एक नेताले बताए । ‘अरुभन्दा महत्वपूर्ण मन्त्रालय हो । त्यही कारण रक्षा उहाँ आफैँले राख्नुहुन्छ,’ उनीनिकट एक नेताले भने ।

 

सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको हो । अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउने भएका छन् । समाजवादीले २ राज्यमन्त्री पनि पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }