सोमवार, बैशाख २४, २०८१

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 355
    SHARES

२२ असोज, काठमाडौं । नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी हुनुभएको छ । रावल ६०५ मत ल्याएर सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी हुनुभएका निर्वाचन समितिले घोषणा गरेको हो ।

उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार सचिवमा तिलकराज पुरी ५६५, भरतबहादुर रोकाया ५१४, सहसचिवमा कृष्णराज पाध्याय ४६६, सुरेन्द्रबादुर सिंह ३८० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारले कूल खसेको एक हजार २०५ मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार दोस्रो चरणको मतदान गरिएको थियो ।

पहिलो चरणमा पण्डित, चक्रबहादुर शाह र रावलले सभापतिमा उम्मेदवारी दिनुभएको थियो । उहाँहरुले खसेको मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार पुनः मतदान गरिएको थियो । सभापतिका उम्मेदवार शाहको समूहले रावललाई समर्थन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }