२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री नियुक्त भएको झन्डै तीन महिना पछि देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिनुभएको हो।