आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिरोले घान्द्रुक जाने सडक अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिए


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ३, २०७८
  • 514
    SHARES

३ कात्तिक, कास्की । जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् ।

उहाँका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत सडक नखुल्दासम्म उतै रहन सूचना जारी गरिएको छ । प्रहरीले पहिरो हटाउन केही समय लाग्ने जनाएको छ । दसैैँको घटस्थापना सुरु भएपछि पर्यटकीय गन्तव्य घान्द्रुक जाने आन्तरिक पर्यटक ह्वात्तै बढेका थिए । कोरोनाका कारण लामो समय सुनसान बनेको घान्द्रुकमा अहिले आन्तरिक पर्यटक भरिभराउ भएको पर्यटन व्यवसायी किसम गुरुङले बताउनुभयो ।

घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेशस्थल हो । आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पुग्ने गरेका छन् । घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)