शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०८३
  • 38
    SHARES

काठमाडौँ-  नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मान) बाट सम्मानित गरेको छ ।

नेपाल र भियतनामबीचको कुटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेको हो।

भियतनामको वैदेशिक सेवामा पु¥याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको उक्त सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गर्नुभएको छ ।

 

नेपालमा रहेका भियतनामी नागरिक तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै दुई देशबीचको द्विपक्षीय सहयोग अभिवृद्धिमा सेतुको रूपमा काम गरेको भन्दै भियतनाम सरकारले श्रेष्ठको योगदानको प्रशंसा गरेको छ ।

सम्मान ग्रहण गर्दै अवैतनिक महावाणिज्यदूत श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भियतनाम दूतावासप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)