४ कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने हुनुभएको छ। प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मतको पक्ष र बिपक्षको सम्बन्धमा छलफल भएपनि विश्वासको मतको प्रस्तावमा भने कात्तिक १० गते नै मतदान हुने भएको हो।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने र सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिने गरी बिहीबारको बैठक स्थगित गर्नुभएको छ ।
मुख्यमन्त्री शाक्यले आजको बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह समेत गर्नुभएको छ।
