मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मन लरवराएको वेला


  • गोपी मैनाली
  • सोमवार, मंसिर ६, २०७८
  • 899
    SHARES

आज जनै पुर्णिमा । विराज सवेरै पशुपति गयो । जनै फे¥यो, रक्षाबन्धन बाँध्यो र वाग्मतीमा मन्त्र जपेर घर फर्कियो । उसले बच्चा र श्रीमतीलाई पनि रक्षाबन्धन र टिका लिएर आएको छ ।‘पापा मलाई पहिला, मलाई पहिला’ । ठूलो र सानो उछिनापछिन गरिरहेका छन् । सानोको जिद्धी ‘म सानो भएकोले मलाई पहिला रक्षाबन्धन’ । ठूलोको आग्रह ‘म ठूलो भएकोले मेरो पालो पहिला आउछ । दशैमा पनि पहिला मलाई टिका लगाएको थाहा छैन’ ?

दुवै बाबुलाई नाडीमा रंगिन धागो र निधारमा टिका लगाएपछि पालो आयो श्रीमतीको । टिका र रक्षाबन्धन के सकिएथ्यो ल्याण्डलाइनमा फोनको घण्टी बज्यो ‘टिनि……….न्न’ । श्रीमतीलाई चिया नभन्दै विराजले रिसिभर उठायो । ‘म कमरेड अजंग ।तपाई उपसचिव विराज होइन ? तपाईलाई आज हामी लिन आउदैछौं ।’ विराजको शरिर थर्र….र काम्न थाल्यो । बोलि लर्वरियो । शव्द अड्किए जस्तो भो ।

‘आज विदा नै हो । आजै हामी लिन आउछौ । कुरा जरुरी छ । तर यसको सूचना कसैलाई नदिनु होला । तपाईको लोकेशन हामीलाई थाहा छ ।’ ‘होइन त्यस्तो के प¥यो र ? मैले त्यस्तो के विगारेको छु र ?’ विराजले साहस तोड्यो । ठूलो र सानो विराजलाई हेरिरहेका छन् । श्रीमती भान्छामा क्वाटी र भात पकाउदै छिन् । जनै पुर्णिमा उसले क्वाटी भातसंग मनाउने परम्परा धान्दै आएको छ ।

विराजको मन आन्दोलितछ । के भन्ने ? द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षको मारमा धेरैले ज्यान गुमाइ सकेका छन् । क्रुर यातना पाएका छन् ।हुदैन भनौ, जवर्दस्ती गरिहाल्छन्, बाबुहरु र श्रीमतीलाई रुवाउदै मलाई उठाउलान् । ज्यान पनि जानसक्छ । हुन्छ भनौँ , कसरी ?
बरु ठाउ सोधी आफै जानु ठीक । भोलि गाईजात्रा पनि छ । भोलिको भाका माग्नु प¥यो । विराजको मनले यस्तै आदेश दियो ।

‘कमरेड अजंग, आज होइन, भेट्नै पर्छ भने भोलि आउछु । आज बच्चाहरुसंग जनैपुर्णिमा मनाउन दिनुस । अँ, भन्नुस न कुरा चाहि के हो ?’
एक छिन अडिएर कमरेड अजंगको आवाज आयो ‘हुन्छ ।भोलि आउनु होला नि । म फोन गर्छु । जरुरी कुरामा छलफल गर्नुछ । तर यो कुरा कसैलाई थाहा नहोस नि । अन्यथा भए खतरा हुने थाहा होला ।’

थाहा हँुदा आफू, आफन्त र परिवार असुरक्षित हुने डर ।श्रीमतीलाई बाहेक अरुलाई बताउनु भएन । विराज बच्चालाई पनि कुरा थाहा नदिई श्रीमतीलाई मात्र भन्ने अठोटमा पुग्यो ।

दिनभरिको छटपटाहट । शरिरमा घाम पनि लागेन । सानोलाई काँधमा र ठूलोलाई एकहातले सुमसुम्याई निरीह भै श्रीमती सामु उभिएर, कहिले यता कहिले उता गर्दै छटपटिएको छ विराज ।

चिया खाको खाइ गर्नुपर्ने आदत, आज उसलाई श्रीमतीले दिएको चियाको पनि स्वाद आएन । बेलुकीको खाना पनि भाग मात्र बस्यो । विराजको मनमा कुराहरु खेलिरहेका छन् । नराम्रा कुराहरु खेलिरहेका छन् । आङ सिरिङ्ग हुने दृश्यहरु आखाभरि दौडिएका छन् । ‘आजै गएको भए पनि हुने, जानै परेपछि । जे पर्छ आजै भोगिन्थ्यो, सकिन्थ्यो ।’ ‘होइन, भोलि मन बदलिन पनि सक्छ । आज जनैपूर्णिमाको चाड पनि हो ।’

‘आ, जे पर्छ पर्छ । मानिस भएर जन्मेपछि मानिससंग भेट्न किन डराउने ? भेट्ने वित्तिकै खादैनन् होला । मार्दैनन् होला । मैले कसको के विगारेको छु र । शत्रु भन्दा मित्र नै कमाएको छु, दुख गरेको छु । उनीहरुले पनि त बुझेका होलान नि ।’

‘मेरो टोलामा विद्रोहीको ठूलै नेताले शेल्टर जमाएको छ रे । अस्ति राती सेनाले घर सर्च गरेथ्यो । पछि कर्मचारी भएको थाहा पाएर सोधपुछ गरेर गए । आधा रातमा बर्दीका सेना देख्दा बच्चाहरु कसरी तर्सिएका थिए !’ ‘सेना पनि घरमा आउने । कमरेड अजंग पनि भेट्न प¥यो भन्ने । हे भगवान के आपत्ति आइप¥यो !

‘होइन, छोरो भएर जन्मिएपछि के डराउनु, कहिले काही खतरा पनि मोल्नु पर्छ । अनुभव नै हो जे पर्ला ।’ ‘जिसिअलाई पनि यसैगरी बोलाएर महिनौं राखे । एलडिओलाई पनि महिनौ राखे । उता उनीहरु बेखवर, यता श्रीमती र परिवारमा छटपटी….।’ ‘आ, भोलि विाहन फोन गरेर आफै जान्छु ।’

अव विराजसंग अर्को विकल्प पनि छैन । ‘रात पनि कति लामो । ठूलो, सानो दुवै मस्त निद्रामा छन् । शायद सपना देखिरहेका । श्रीमती पनि छोटो छोटो निन्द्रामा ।’ तर विराजका लागि आजको रात महिना जस्तै भयो ।

विहान नित्य कर्म र पूजा पाठ पछि केही खाएर कमरेड अजंगसंग फोनमा कुरा पछि विराज श्रीमतीसंग विदा भयो । ‘म बेलुकी रातीसम्म फर्किन्छु । फर्किन भने भोलि बेलुकातिर दाजुलाई सवै बताउनु ।’

बच्चासंग छुट्टिन सारै गा¥हो । ‘ठूलो, सानो उनीहरु पनि गाइजात्रा हेर्न जान तयार छन् । उनीहरुलाई क्याडवोरी ल्याइदिने शर्तमा टम एण्ड जेरी च्यानल लगाइ दिएर विदा भएँ ।’

रत्नपार्कको कर्नरमा रहेको ओम बुक्समा मोटर साइकल र हेल्मेट राखेर दर्वार हाइस्कूलको गेटतिर भेट्न हुलिया दिएको छ विराजले ।
भनेकै समयमा भानुको शालिक अघि कमरेड अमर भेट भयो । उसले विराजलाई चिनिहाल्यो । ‘किन नचिन्नु, कतिलाई यसरी लगिसके होलान’ ।

‘दुईसय मिटरजति पर अर्कै कसलाई मलाई पास गरी कमरेड अमर त्यतै अलप भए ।’ अर्को दुईसय मिटरजति पर पुगेपछि कमरेड मिलन नामको हट्टाकट्टलाई विराज पास भयो ।

केही पर जिगज्याग बाटो हुदै गल्लीमा सामान्य होटेल स्टाइलको घरमा विराज भित्रिए । त्यसपछि कमरेड मिलन पनि कतै अलप भए । छिडीदेखि नै कडा सुरक्षा तैनाथी । माथिल्लो तलाको एउटा ठूलो कोठामा पचास–साठी जना लगभग उस्तै उमेरका युवायुवती भएको स्थानमा विराजलाई पु¥याइ त्यहा पु¥याउने जवान मानिस पनि अलप भयो ।

गेटमा हतियार सहित दुईजना बलिष्ठ युवा, देख्दै डरलाग्दा । हलमा कपि कलम साथ अनुशासित र उत्सुक युवायुवती १ विराज निशव्द अगिल्तिरको मेचमा बस्यो ।

टोलि नेता जस्ता एक युवा भन्न थाले–‘सर म कमरेड आगो । उहाहरु हाम्रा साथीहरु । हामीहरु मुक्ति अभियानमा राज्यसत्ता विरुद्धको आन्दोलनमा हेलिएका मानिस । यस अभियानमा कति साथी हामीले गुमायौ । हामीमध्ये कति शहीद भयांै ।हामी देशबासीको मुक्तिको अभियानमा, गणतन्त्रको अभियानमा छौं । हामीलाई सरहरु जस्तो कर्मचारीको सहयोग चाहिएको छ ।’

‘सर डराउनु पर्दैन । हामीले सरलाई बुझेका छौ । हामीहरु सरहरु जस्तै इमान्दार राष्ट्रसेवकका पक्षमा छौ ।’ विराजको छातीमा ठूलो जातोले थिचेजस्तो भयो । मुख सुकेको छ । मन लरवराएको छ । आफू हुनुको अनुभूति गुमेको छ । मानसपटमा घर परिवार, ठूलो, सानो र श्रीमतीका दृश्यहरु आउदै धमिलिदै गएका छन् ।

‘किन मलाई यहा ल्याइयो ? मैले के अपराध गरेको थिए र ?’ विराज साहसले पोखियो । शायद उसको मनको भाव कमरेड विराजले बुझे ‘सर डराउनु पर्दैन । सर आदरणीय हुनुहुन्छ । सरलाई सम्मान हुन्छ । सरहरु जस्ता चारजना राष्ट्रसेवक हाम्रा सूचीमा छन् ।’

‘आव्वै, अव विताउने भए’ । के भन्ने भन्ने द्वीविधा र त्रासबीच विराजको मुखबाट अनायास शव्द छुटे ‘मैले के गर्नु प¥यो ? मलाई किन बोलाउनु भयो ?’

‘सर कत्ति पनि डराउनु पर्दैन । हामी पनि मानिस नै हौं । कसलाई कस्तो व्यवहार गर्नु पर्छ, हामीलाई राम्ररी थाहा छ । हामी अन्याय र अत्याचारको विरुद्धमा कठोर छौ ।तर न्याय र निष्ठामा नरम छौं ।’

हलको वातावरण निकै शान्त छ । कोही बोल्दैनन् । सवै आँखाहरु जोरनाल सोझ्याएर क्वारक्वार्ती ममाथि तेर्सिएका छन् । ती आँखाका हेराई पनि गोली जस्तै, वाण जस्ता छन् ।

वेलाबेलामा गेटमा हतियार लिएर शालिक झै उभिएका अजंगका युवातिर विराजको आँखा पुग्छ । ‘ती हतियार समाउने हातले धर्म छोडे भने १’
‘सर हामी छिटै विजय प्राप्त गर्दै छौ । मुलुकमा प्रशासन निकम्मा र बोझो भएको हाम्रो ठम्याई छ । विजयपछि हामीले कसरी प्रशासन चलाउने ? त्यसको प्रशिक्षण सरबाट चाहेका छौं । हामी भ्रष्ट, कामचोर र अत्याचारीलाई सहन्नौं । त्यो शुद्धीकरण र जागरुकताकसरी ल्याउने ।’ ‘हामीसंग त्यस्ता कर्मचारीको सूची तयार छ ।’ कमरेड आगोले विषयबस्तु प्रवेश गरे ।

दिनभरको प्रश्नोत्तरको शेसन । सवै प्रशिक्षार्थीले मनमा लागेजति कुराहरु एकएक गरी सोधे । प्रश्न सोध्न पनि फौजी अनुशसान छ । विराजलाई भोक तिर्खा केही छैन । खाना, चिया कसैले सोधेको पनि छैन । सोध्ने छाँट पनि छैन ।

छलफलमा शिष्टता र विनयशीलता छ । उठेको सवालहरु संवोधन गर्न विराज तम्सिएको छ । मनमनै गम्छ ’आजै सार्वजनिक प्रशासन पढाइसक्नुपर्ने भो’ ।

दिनभर जसो कक्षाको अन्तरक्रिया र सान्निध्यताले विराजमा केही सुझाव र आलोचना गर्ने साहस आयो । हो ‘तपाईहरुको आन्दोलन राम्रो छ भने किन भ्रष्ट कर्मचारी, व्यापारी र नेताहरुबाट चन्दा लिनुहुन्छ ? त्यसले तपाईहरुको आन्दोलनलाई विटुलो बनाउदैन ? भोलि त फेरि तिनीहरुले नै रजाइ गर्ने भए ।’

भनिनसक्दै कमरेड आगो प्रत्युत्तर दिन्छन्–‘ती आमाको खुन चुस्ने पिसाच हुन् । युद्धमा उनीहरुको सहयोग लिने हो । तर विजयपश्चात उनीहरुलाई कार्वाही गर्ने हाम्रो कार्यनीति छ । उनीहरुले जनताकै खुन, पसीना सोसेका हुन् । त्यो हाम्रो बन्दोबस्तीमा खर्च गर्ने रणनीति हो ।’

हिम्मतले विराज पुनः सुझाव दिन थाल्छ–‘यहाहरु जनताकै पक्षमा, जनताका अन्यायका विरुद्धमा हुनुहुन्छ भने मानिस मार्ने र अपहरण गर्ने काम बन्द गर्नुहोस् । आजसम्म द्वन्द्वका क्रममा ते¥ह हजारको ज्यान गैसक्यो । कल्पना गर्नुस, ते¥ह हजार लास फिजाउन कत्रो चौर चाहिएला ? हामी ती लासहरु हेर्न कसरी सक्छौ ? युद्ध अहिंसात्मक गर्न सकिदैन र ?’

कमरेड आगोको मुखमा अव ज्वाला देखिन थाल्यो । आखा र चेहरा आदरको सीमाबाट पर पुग्न लागे । ‘यहाको यस्तो सुझाव यहाकै सरकारलाई दिन सक्नु हुन्छ । युद्ध निशस्त्र हुन्छ’ ? ‘यो कि वार कि पारको युद्ध हो’ ।

‘सवै आखाहरु बन्दुकका नालसरी रौद्ररुपमा मतिर तेर्सिएका छन् । अव वोल्नु कत्ति पनि ठीक हुने छैन ।’ विराज पुन निशव्द हुन्छ । ‘अव धेरै बोले भने मलाई यही राख्न बेर छैन । त्यसपछि सानो ठूलो र श्रीमती कति पीरमा रहलान्?’ विराज मनभित्रै उद्वेलित हुन्छ । घाम अस्ताएर साँझ पर्न लाग्यो । हिम्मतले कमरेड आगोलाई अनुरोध ग¥यो ‘साथीहरुले अव विदा दिए पनि हुने । बच्चाहरुलाई छिटै आउछु भनेको छु । श्रीमती पनि आखा तानेर हेर्दे होलिन । बरु आवश्यक परे पछि आउछु नी ।’

‘होइन, सरलाई आज छाड्नु हुन्न । केही दिन हामीसंगै राख्नु पर्छ । हाम्रो दुख पनि देखाउनु पर्छ’ व्याक बेञ्चका कुनै युवाले जोशले बोल्यो ।
कमरेड आगोले रिसाउदै भने –‘त्यो बोल्ने को ? कमरेड हिमाल सरलाई आदरपूर्वक सडक पुयाएर फर्किनु ।’

‘यो अन्तिम होइन । आवश्यक परे च्च नगरी आउनु होला सर ।फेरि प्रशिक्षण दिनुपर्छ । तपाई त्यसैको योग्य हुनुहन्छ ।’ ‘हस कमरेड आगो ।सवै साथीहरु नमस्कार, म विदा हुन्छु ।’

विदाइका शव्दसाथ मुठी बाटेको पाखुरी उठाँउदा विराज झनै डरायो । कमरेड हिमालसाथ छिटो छिटो सडक आइपुग्यो । ‘सर आरामले जानु होला । सर सुरक्षित हुनुहुन्छ’ । कमरेड हिमालले विदा ग¥यो । सडकमा छ्यापछ्याप्ती प्रहरी छन् ।

‘प्रहरीहरु मलाई खोज्न त आएका होइनन् ?कतै ती प्रहरीले त समाउदैन ? समाइ हाले भने कर्मचारी परिचय पत्र देखाउनु पर्ला’ । यस्तै कुराहरु मनमा खेलाउदै, त्रास र उन्मुक्तिको खुसीमा द्वेलित हुदै विराजका पाइलाहरु रत्नपर्कातर्फ लम्किए ।

जमलतिरबाट एकजना बरिष्ठ राजनीतिक चिन्तक हातमा व्याग र काखीमा पत्रिका च्याप्दै केशरमहलतर्फ आउदै छन् । उनलाई देखेपछि विराजको साहस बढ्यो । उनले नचिने पनि विराजले उसलाई चिन्छ । उसलाई अव सुरक्षित छु भन्ने लाग्यो ।

रत्नपार्कको आमबुक्समा पुगेर मोटरसाइकल र हेल्मेट लिएर घरतिरको यात्रा शुरु ग¥यो । तर मनसंगै लरबरिएका हात र कामेका खुट्टाका कारण मोटर साइकल राम्ररी चलाउन पनि उसले सकेन ।

भद्रकालीबाट सिंहदरवारगेट, मण्डला, ववरमहल र विजुली बजार आइपुग्दा विराजको मनमा साहस बढ्दै गयो । लाग्छ सडक छेउका परिचित भवन, रुख, पोलहरु सवै नै उसको फिर्तिमा हासिरहेका छन् ।

घरमा पुग्दा कौशीबाट ठूलो, सानो र श्रीमतीका प्रतिक्षाका आँखा बाटोतिर लगातार फिजिइरहेका थिए । तिनैजनालाई अंगाल्दै विराज पुन निशव्द तर अश्रुत बन्यो । महिनौ दिनसम्म पनि विराज सामान्य अवस्थामा फर्किन सकेन । तर यो रहस्य बर्षौसम्म कसैलाई बताएन ।

-गोपी मैनाली

(क्षितिज मार्ग, शंखमूल)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }