बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समाधि ( लघु कथा )


  • युवराज मैनाली
  • मङ्लबार, मंसिर ७, २०७८
  • 1.1K
    SHARES

समाधि

“आमा म यस धरतीमा आएर के गर्नु म गर्भैबाट तुहिन्छु है !”

के भनेको नानी यस्तो ? कस्तो दान व्रत धर्मपछि खेतै बन्धक राखेर तिमीलाई बल्ल गर्भमा राखेँ । सुखका क्षण अनुभूति गर्दै सबै व्यग्र रुपमा तिम्रो प्रतीक्षा छन् । अव त्यो अपूर्व क्षण नजिक आउँदा तिमी त्यस्तो कुरा गर्दैछौ ।

आमाको कुरा सुनेर नानीले भन्यो “मलाई पनि थाहा छ आमा त्यो क्षणको व्यग्रताबारे ,तर मलाई जवाफ चाहिएको छ, सुरक्षाको प्रत्याभूति चाहिएको छ। पहिले यो त भन्नुस् मलाई खुवाउन तपाईसँग अन्नको भण्डारण कति छ ? आफैँ जेनतेन पेट भरिरहनुभएको छ हो कि होइन ? पिलाउनलाई धारामा पानी आइरहेको छ ? उज्यालो र मलाई केही तातो गर्न बिजुली छ ?धुलो ,धुवाँ र ध्वनि प्रदुषणबाट अहिले नै मेरो मुटु र मष्तिस्क असर परिरहेको छ,मलाई यो पनि थाहा छ तपाईहरु मेरो सुरक्षाका लागि केही गर्न सक्नु हुन्न । यसैले पहिलानै तुहिएरै जानु बाहेक विकल्प अरु छैन । यति भन्दै टेस्टट्यूव बेबि कुनै योगी झैँ समाधिमा लिन भयो ।

-युवराज मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }