आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस बागमती प्रदेशको सभापतिमा भिमसेन दासले उम्मेदवारी दिने


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ११, २०७८
  • 865
    SHARES

११ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेता प्रधानले शनिवार काठमाडौंस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमति प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफुले भुमिका खेल्ने बताउनुभयो । संघीयता कार्यान्वयन अन्त्यन्तै फितलो रहेको उल्लेख गर्दै उहाँले आफु बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘संघीय संरचना अन्र्तगत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको संरचना बनेको छ । त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सक्यो भनेपनि एउटा पहिचान बन्छ । यो प्रथम अधिवेशन हो ।

त्यो ठाउँमा मैले आफ्नो उम्मेदवारी यहाँहरुको शुभेच्छा, सद्भावले पाउन सक्यो भने मैले आफ्नो कार्यदक्षता, आफ्नो भिजन र भोलि आउने दोस्रो पुस्तालाई पनि संघीयताको बारेमा, संघीयताको मर्म र भावनालाई, संविधानको स्प्रिटलाई एउटा संस्थागत रुपमा लाने, संघीयताबारे धेरै प्रश्न उठेको छ । संघीयता रहन्छ रहँदैन, प्रदेश चाहिन्छ चाहिँदैन, केन्द्र र प्रदेशको द्वन्द्व, प्रदेश र स्थानीय सरकारको द्वन्द यी सबै कुरा संविधानमा व्यवस्था गरेतापनि कानूनी रुपमा साह्रै फितलो कमजोर रहेको कारणले पनि यो कांग्रेसको महाधिवेशनले यि सबै कुराको निक्र्योल गर्नलाई पनि तह तप्कामा विविध तहमा रहेर काम गर्न सक्यो भने यसको संस्थागत विकासलाई त्यो तहमा बस्न सक्यो भने आफुले केही काम गराउन सक्नेमा मेरो मान्यता छ । त्यसैले मैले त्यसतर्फ मेरो उम्मेदवारीको इच्छा गरेको छु । आकांक्षा जारी गरेको हो ।’

उहाँले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)