आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस महाधिबेशन

इन्द्र बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी दिने


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १३, २०७८
  • 509
    SHARES

मकवानपुर, १३ मङ्सिर 
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मङ्सिर १६ र १७ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा कांग्रेस नेता बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारी अघि बढाउनुभएको हो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बानियाँले प्रदेशका १३ वटै जिल्लामा कांग्रेसको सङ्गठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने उहाँले दाबीसमेत गर्नुभयो । उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतृत्वसँग सहमति जुटाउनका लागि छलफल भएको पनि बताउनुभयो । उहाँले आन्तरिक ढङ्गले छलफललाई अघि बढाउनुका साथै प्रदेश समितिमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी खाका तयार गरिरहेको उल्लेख गर्नुभयो ।

विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका उहाँ विसं २०७४ मा मकवानपुर सङ्घीय क्षेत्र २ को ९ख० बाट प्रत्यक्षतर्फ बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो । कांग्रेसबाट निर्वाचित २२ सदस्य रहेको प्रदेशसभामा बानियाँ सर्वसम्मत नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बन्नुभएको थियो । विसं २०४४ देखि राजनीतिमा होमिनुभएका उहाँ नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको अनुभव हासिल गर्दै विसं २०७३ मा कांग्रेस मकवानपुरका सभापति हुनुभएको हो । विसं २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारीसमेत उहाँले सम्हालिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)