आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस वाग्मती प्रदेशमा पून मतदान हुने, कसैको पनि आएन ५१ प्रतिशत मत


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १९, २०७८
  • 270
    SHARES

मकवानपुर , १९ मङ्सिर

कांग्रेस वाग्मती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन:मतदान हुने भएको छ ।

आइतबार बिहान सम्पन्न मत गणना अनुसार कांग्रेस वाग्मतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । सभापतिमा बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका छन् । बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन् ।

कांग्रेसको विधानअनुसारमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानअनुसार सभापतिमा पुन: मतदान हुने भएको छ । पुन:मतदान आइतबार बिहान ११:३० बजेबाट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

अब दोस्रो चरणमा बानियाँ र केसीबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ । बानियाँ संस्थापन अर्थात् पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा तथा केसी संस्थापन इतर समूहका उम्मेदवार हुन् । प्रधान कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)