बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस लुम्बिनीको सभापतिमा अमरसिहं पुन निर्वाचित


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २०, २०७८
  • 351
    SHARES

लुम्बिनी , २० मङ्सिर

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा सस्थापनईतरका अमरसिहं पुन निर्वाचित भएका छन् ।

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन विजयी भएका हुन्। ।

निर्वाचन समिति सदस्य अब्दुल रहमानका अनुसार पुनका प्रतिद्वन्दी सभापति शेरबहादुर देउवा समूहका भरतकुमार शाहले पराजित भएका छन् ।

उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन् । सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो ।

निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)