बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लोकतन्त्र र म ( लघुकथा )


  • युवराज मैनाली
  • मङ्लबार, मंसिर २१, २०७८
  • 1.1K
    SHARES

 लोकतन्त्र र म

म र मेरो साथी लोकतन्त्र ब्रह्माण्डको सुन्दर मुलुक घुम्न निस्कियौँ । मञ्जुश्रीले बस्ती बसालेको देश भ्रमण गर्ने निधो भयो । प्राकृतिक छटामा मानवीय कर्मले सिङ्गारिएका सुनौला दृश्य हेर्न लालायित मित्र लोकतन्त्र र म चन्द्रागिरि पर्वतको बाटोबाट प्रवेश गर्‍यौँ । बस्तीहरूमा पुग्यौँ । शून्य भेटिए । भित्ताहरूमा बाँच्न मन भए स्वदेश निषेध लेखिएको रहेछ । छाप्रोहरूमा पस्न खोज्यौँ, पस्नै सकिएन ।

खेतबारी, कान्ला, करेसा सबै बाँझै भेटिए । उद्योग, कलकारखाना सबै खण्डहर बनेछन् । हामीले छानेको देशचाहिँ यो हैन र ? ‑ लोकतन्त्रले प्रश्न गर्‍यो।

म भन्छु – हो हो ! यही हो । ऋषिमुनिहरूको देश यही हो । सहर पस्ने निधो भयो । सहर पस्यौँ ।राज्य सत्ता पस्ने ठाउँमा स्याल, गिद्द र हुँडार आँ गरेर बसेका रहेछन् । प्रहरी प्रशासनका स्थानहरूमा साङ्लाले बाँधेका कुकुरहरू भुकिरहेका थिए । राजनीतिक दलका कार्यालयतिर फ्याउराहरूले छिचिमिरा गनिरहेका थिए । न्यायालयमा न्यायको मूर्तिमा तराजु नै थिएन । यत्रतत्र काला कागहरूले विष्ट्याएका छन् ।

त्यो दृष्यले लोकतन्त्र उदास बन्यो । मैले सान्त्वना दिँदै भनेँ – निराश नबन साथी, धरहराबाट सबै देखिन्छ ।

हामी धरहरामा चढ्यौँ र टुप्पोबाट नियाल्यौँ । मैले फोहोरका थुप्राहरू र जीवका छायाहरू मात्रै देखे तर लोकतन्त्रले केवल धुवाँ, धुलो, कोलाहल र प्रदूषण मात्रै देखेको कुरा मलाई बतायो । हामीले बत्ती बालेर हेर्ने निधो गरी धरहराबाट ओर्लिरहेका थियौँ । म झल्याँस्स ब्युझिएँ ! दायाँबायाँ चारैतिर हेरेँ, लोकतन्त्र काहीँ थिएन । यो सपना हो कि विपना ? छुट्याउनै सकिनँ ।

लोकतन्त्र मेरो प्यारो साथी कता हरायो ? म हरदम खोजिरहेको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }