आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशको उपसभापतिमा बस्नेत र महर्जन विजयी


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २१, २०७८
  • 316
    SHARES

२१ मङ्सिर, काठमाडौं । शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ ।

बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ ।

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो ।

यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभएको छ उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित हुनुभएको छ । कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)